|
साइबर लभ
By: Anil Bardewa
पछिल्लो समयमा नेपालले पनि सूचना-प्रविधिको क्षेत्रमा ठूलो फड्को
पार गरिसकेको छ । फलस्वरुप युवायुवती आफ्नै शयनकक्षमा बसेर वा
क्याफेभित्र छिरेर माउसमा औंला नचाउँदै देशी/विदेशी
प्रेमी-प्रेमीकाको खोजी गरी आफ्नो प्रेम व्यक्त गर्न थालेका छन् ।
धेरै युवायुवतीहरु इन्टरनेटलाई प्रेमी-प्रेमीका खोज्ने दरिलो
माध्यम बनाउन पल्किसकेका छन् । प्रेमी-प्रमिका खोज्न सकिने प्रशस्त
वेबसाइटहरुको समेत पहुंचमा पुगिसकेको छ, अहिलेको युवा नेपाली पुस्ता
। इन्टरनेटको वेबसाइटमार्फ आ-आफ्ना तस्वीर, फ्लास तथा एनिमेसन
गरिएका चित्ताकर्ष इकार्ड र प्रेम सन्देश पठाउन पनि उत्तिकै
जाँगरिलो देखिन्छन्, नेपाली युवायुवती ।
कुनै बेला इन्टरनेटको यो काम मान्छेले आफैं गर्नुपथ्र्यो । आफ्नो
अव्यक्त प्रेम साथी वा कोही आफन्तमार्फ व्यक्त गर्नुपथ्र्यो । तर
अहिले प्रेम व्यक्त गर्ने सहरी युवायुवतीहरुको शैलीमा परिवर्तन आएको
छ । ती युवायुवतीहरुबिच इन्टरनेटमार्फ मित्रता गराउने उद्देश्यका
साथ अहिले प्रशस्तै वेबसाइटहरु खोलिएका छन् । जसले गर्दा कुनै
वेबसाइटहरुमा प्रवेश गरेर आफ्नो इच्छानुसार स्वजातिय, विजातिय अथवा
स्वदेशी/विदेशी प्रेमी खोज्न सकिन्छ । अहिले प्रेम व्यक्त गर्ने
माध्यमहरुको विकास मात्र भएको छैन, वैज्ञानिक संयन्त्र तथा
तुलनात्मक रुपमा विगतको भन्दा उदार सामाजिक वातावरणको विकास पनि
उक्तिकै उत्साहजनक छ ।
आजभोलि धेरै युवायुवती फुर्सदको समयमा होस् या काम छोडेर 'च्याट'मा
व्यस्त देखिन्छन् । आफ्नो विचार आदानप्रदान गर्न र सस्तो दरमा घन्टौं
कुराकानी गर्न यो माध्यम सुचना तथा संचारको सबैभन्दा लोकप्रिय
माध्यम भएको छ । युवायुवतीहरुलाई नै लक्षित गरेर राजधानीभित्र
मात्रसैयौं 'साइबर क्याफे' खुलिसकेका छन् ।
ती 'साइबर क्याफे'का अधिकांश ग्राहक टिनएजर नै रहने गरेको क्याफे
सञ्चालकहरु बताउँछन् । सूचना सञ्चारको लोकप्रिय माध्यम च्याटले
युवायुवतीबिच प्रेम तथा नयाँ सम्बन्ध स्थापित गराउन पनि उत्तिकै
ठूलो भूमिका खेलेको देखिन्छ । कतिपय वेबसाइटहरुले त च्याटिङ गरिने
'च्याटरुम' नै राखेका छन् । यस्ता च्याटरुमभित्र परिचित, कम परिचित
र अपरिचित नामहरु धेरै हुन्छन् । आफूलाई मन परेको कसैसँग च्याट
गर्दा पहिलो आपसी परीचयको साथ साधारण वार्तालाप हुन्छ । अर्को दिन
फेरि त्यहीं समयमा अनलाइन भेट हुने बाचासाथ छुट्टिन्छन् । यो बढ्दै
गएपछि च्याटिङ गर्ने ती दुइ कतै भेट्छन् र अन्त्यमा गएर एउटा असल
मित्र वा प्रेमीप्रेमीकामा परिणत हुन पुग्छन् । यस्ता घटनाहरु केही
वर्षअघिसम्म विदेशतिर मात्र सुनिन्थें भने अब हाम्रो मुलुकमै पनि
यो चलन भित्रिसकेको छ ।
युवायुवतीबिच लोकप्रिय हुंदै गएको 'साइबर-लभ' अचेल नेपाली समाज
सुहाउँदो समेत हुन थालेको छ । कतिपय युवायुवतीहरु आफ्नो घरमा
कम्प्युटर र इन्टरनेटको सुविधा हुँदाहुँदै पनि साइबर क्याफे
धाइरहेका हुन्छन् । घरमा अभिभावकको आँखा आफूले च्याट गरिरहेका केटा
वा केटीमाथि पर्ने भएकाले उनीहरु साइबर क्याफेसम्म पुग्छन् । मिन
भवनका महेश पौडेलका अनुसार इन्टरनेट लोकप्रिय हुनु प्रेमप्रति
मानिसको बढ्दो आकर्षण हो । पहिले पहिलेका च्याट इन्जिनहरुभन्दा
अहिले उपलब्ध च्याट मेसिनबाट कुनै पनि फाइल, तस्वीर, भिडियो क्लिप
तुरुन्तै पठाउन सकिन्छ ।
युवायुवतीहरुबीच अहिलेसम्म एमएसएन म्यासेन्जर तथा याहु म्यासेन्जर
लोकप्रिय छन्। |